नेपाल विद्युत प्राधिकरणको बार्षिकोत्सवको रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन

नगेन न्यूज
  • ख-
  • ख+

देबिका तामाङ
पोखरा, साउन ३१ । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको उपलक्ष्यमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश र पोखरा वितरण केन्द्र, मालेपाटन पोखराको संयुक्त पहलमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन गरिएको पोखरा वितरण केन्द्रका प्रमुख राजिव कुमार सिहंले जानकारी दिनुभयो ।

विद्युतीय क्षेत्रमा मात्रै नभई अन्य जस्तोसुकै दुर्घटना हुदा पनि रगतको अभाव नहोस् भन्नका निम्ति यो कार्यक्रमको आयोजना गरिएकोमा निकै फलदायी भएको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदिश चन्द्र जोशीले ‘रक्तदान, जिवनदान’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्वभित्र रहेर यस्ता कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।

सो कार्यक्रममा नेपाल कर्मचारी युनियन गण्डकी प्रदेश इन्चार्ज नारायण पन्थी, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ गण्डकी प्रादेश इन्चार्ज देशबन्दु श्रेष्ठ, राष्ट्रिय कर्मचारी युनियन गण्डकी इन्चार्ज राजेन्द्र हमाल लगायतले रक्तदानको महत्व बिषय आ–आफ्नो भनाई राख्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले सहकार्य गरेको यस रक्तदान कार्यक्रममा ८० जना कर्मचारी र १ जना सेवाग्राही सुन्तली तामाङले रगत दान गर्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ वितरण केन्द्रका प्रमुख अनिलजी, पोखरा ग्रिड महाशाखा प्रमुख अनिल बन्जारे, नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशमा रहेका नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ, नेपाल कर्मचारी युनियन, गण्डकी प्रादेशभित्र रहेका उत्पादन, प्रशारण र वितरण केन्द्रका कर्मचारी एवं सम्पूर्ण कर्मचारी गरी करिब २ सय जनाको सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला