हज यात्राका लागि आवेदन खुला

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, ३० साउन । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुलेको छ ।

गृह मन्त्रालय मातहतको नेपाल हज समितिले सूचना सार्वजनिक गरी आज साउन ३० गतेदेखि असोज ३० गते भित्र आवेदन दिन आह्वान गरेको हो ।
नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँका अनुसार आवेदन फारम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

सो फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिन्छ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड (१९ ) विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ ।

सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्लाम धर्मावलम्बी हज गर्न जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ ।

थप जानकारी आवश्यक परेमा नेपाल हज समितिको सचिवालय सिंहदरबारमा सम्पर्क गर्न भनिएको छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला