स्वस्तिमा र मुकुनको ‘ऐंचो पैंचो’ ट्रेलर सार्वजनिक राजनीतिक प्रभावको कथा ( भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक भएको छ ।
आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको फिल्मको सोमबार काठमाडौंमा आयोजित कार्यक्रमा ट्रेलर सार्वजनिक गरिएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले रिलिज गर्नुभएको ट्रेलरमा २ मिनेट १ सेकेन्डमा अभिनेत्री स्वस्तिमा खड्का भोट माग्न हात जोड्दै पर्जा बाँडिरहेको देखिन्छ ।

कृषा चौलागाईं निर्देशित फिल्मको ट्रेलरमा राजनीतिले देश र समाजमा पारेको प्रभावलाई नजिकबाट देखाउने कोसिस गरेको देखिन्छ ।
फिल्मका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास आफूले लिएको निर्देशक चौलागाईंले बताउनुभयो ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको फिल्ममा स्वस्तिमा र मुकनका साथै वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको समेत अभिनय छ ।

केपी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा प्रीतम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सहनिर्माता छन् ।
फिल्ममा अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम् राणाको भीएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन रहेको छ ।
‘ऐंचो पैंचो’मा विनयराज पौडेलको मुख्य सहायक निर्देशन तथा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला