कांग्रेस पोखरा ७ मा वडा सम्मेलन तथा कार्यकर्ता भेला

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. ७ ले वडा सम्मेलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार पोखरा ७ मा रहेका नेपाली काग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि, क्रियाशिल सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्मचार्यले पार्टीलाई स्थानिय तहको वडाबाट नै एकढिक्का गराएर लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले पोखरा महानगरपालिकाका अधिकाशं वडाहरु नेपाली कांग्रेसकै नेतृत्वमा रहेको अवस्थामा वडा वडाहरुमा अहिले विकास निमार्ण र जनताको काम सहज ढंगले हुदै आएको बताउनु भयो ।
कर्मचार्यले नेपाली कांग्रेस जनताको मन जितेर अगाडी बढ्ने पार्टी भएको भन्दै वडामा भइगरेका विकास निमार्ण र गतिविधिमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निग्रानी सहित जनताको चहाना अनुसार काम गराउन सक्नु पर्ने बताउनु भयो ।

महासमिति सदस्य एवम् महिला नेतृ रगिंला आचार्यले नयाँ पुस्ताका युवालाई नेपाली कांग्रेसमा जोड्न युवा रोजगारी र सिप मुलक प्रशिक्षणमा ध्यान दिनुपर्ने बताउनु भयो ।
नेपाली काग्रेस वडा नं. ७ का उपसभापति एवम् पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले काग्रेसको नेतृत्व वडामा आइसकेपछि समग्र वडाको विकास र वडावासीको आवश्यक्ता अनुसारको योजनाले प्राथमिकता पाएको बताउनु भयो ।

कार्यक्रममा वक्त्ताहरुले कांगेसले विपि को सिद्धान्तलाई नयाँ पुस्ता माझ पुर्याउन पर्ने, पार्टी प्रशिक्षण कार्यक्रमलाई व्यवाहारिक र आवश्यकताका आधार तय गरेर लैजानु पर्ने, स्थानिय तहमा काग्रेस नेतृत्वले अगाडी वढाएका विकास निर्माण र योजनाहरुलाई जनतामाझ बुझाउन सक्नु पर्ने लगाएतका सुझाव जिल्ला प्रतिनिधि समक्ष राखेका थिए ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नेपाली काग्रेस पोखरा ७ का सभापति नविन राज बरालले वडा भित्र काग्रेसका गतिविधि वढाउनका लागि सम्पुण क्रियाशिल सदस्य एवम भातृ संगठनहरु सक्रिय हुन पर्ने बताउनुभयो ।
उहाँले जिल्ला प्रतिनिधि प्रति संकेत गर्दै उहाँले पार्टीको मथिल्लो तहलाई गाली गरेर मात्र संगठन नसुध्रिने बताउदै आ आफनो ठाउँबाट सबै सुध्रिएर विना गुटको पार्टी बनाउन जिल्लाबाटै थालिने गर्नु पर्ने बताउनु भयो ।
नेपाल काग्रेस पोखरा ७ मासबार इकाइका सभापति नरेश प्रसाद बरालले स्वागत गरेको कार्यक्रमको संचालन कांग्रेस पोखरा ७ का सचिब दामोदर बरालले संचालन गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला