बालहित संरक्षण समिति पोखरा कास्कीको अध्यक्षमा पुन गोकुल कार्की निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । बालहित संरक्षण समिति पोखरा कास्कीको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेसन शुक्रबार सम्पन्न भएको छ ।

महानगरका उपप्रमुख मञ्जु देवि गुरूङको प्रमुख अथित्यतामा पोखरा ७ को वडा कार्यालयको सभाहलमा समितिको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

उक्त चौंथो अधिवेशनबाट समितिको अध्यक्षमा पुनस् गोकुल बहादुर कार्की निर्वाचित भएका छन् । कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अर्जुन भण्डारी, महासचिवमा शारदा गिरी, सचिवमा पवित्रा जिसी, कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा थानेश्रवर बराल, तुल बहादुर गुरूङ, पिङगला भट्ट र सविता बराल चयन भएका छन् । कार्यक्रममा समितिका सल्लाहाकार एवम् अधिवक्ता युवराज पराजुलीको संयोजकत्वमा दामोदर बराल र प्रभा पन्तको निर्वाचन समितिले निर्वाचन गराएको थियो ।

कार्यक्रममा समितिमा लामो समयदेखि लेखा परिक्षण गरिरहेका लेखा परिक्षक बिष्णुप्रसाद बराललाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष राममोहन आचार्य, माछापुच्छ्रे महिला कल्वका अध्यक्ष गिता पौडेल, वडा नम्वर ७ का सचिव राजेन्द्र पौडेल, वडा नं ७ का सदस्य अर्जुन ब. थापा, सल्लाहाकार युवराज पराजुली ,सम्मानित व्यक्ति बिष्णुप्रसाद बराल लगायतले आफ्ना भनाइहरु राखेका थिए ।

समितिका महासचिव अर्जुन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सचिव पवित्रा जिसी र कोषाध्यक्ष शारदा गिरीले प्रतिवेदन प्रस्तुत र थानेश्वर बरालले स्वागत गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला