
काठमाडौं,२१ असार । यो वर्षको गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात) र युवराज घिमिरे (घिमिरे युवराज) लाई प्रदान गरिएको छ ।
थाम्सुहाङले काव्य विधा र घिमिरेले नाटक विधामा पुरस्कार पाएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले संस्कृति प्रर्वद्धनमा टेवा र्पुयाएको भन्दै अज्ञात र घिमिरेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सिर्जनशील अराजकता अभियानका एक सदस्य समेत रहेका अज्ञात कविता कर्ममा सक्रिय हुनुहुन्छ भने रंगकर्मी घिमिरे शिल्पि थियटरमा आवद्ध हुनुहुन्छ ।
संस्कृति तथा पर्यटन मन्त्रालयले बुधवार दुई जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र कुमार केसीले बताउनुभयो ।