फेवाफाँटमा पोखरा महानगरको भु उपयोग नितीले स्थानिय आक्रोसित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । फेवा फांटलाई सिमसार भनिएपनि पोखरा महानगरले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानिय आक्रोसित बनेका छन ।
महानगरले कोहीलाई काखा कोहीलाई पाखा गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्ने सम्मको तयारी गरेका छन ।

सिमसार भनिएर रोकिएको फेवा फांट पोखरा महानगरमा धनराज आचार्य निर्वाचित भएर आएपछि कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही ब्याक्तिहरुले धमाधम जग्गामा माटोले पुरेर प्लटिङ गरेपछि स्थानियको जग्गा होचो भागमा परि वर्षायाममा पानी जमेर खेतीगर्न समेत नमिलेको उनीहरुको महानगर समक्ष गुनासो छ ।

स्थानिय कुृल प्रसाद तिमिल्सिनाले आफुहरुले वर्षौदेखी भोगचलन गर्दै आएको फेवाफाँटमा गत वर्षदेखी खेतीपाती गर्न नसक्ने अवस्थामा पुगेको वताउनुहुन्छ ।
फेवाफांटमा महानगरकै कारण केही ब्याक्तिहरुले माटो पुरेर प्लटिङ बनाएपछि आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पानी जमेर पोखरी बन्ने गरेकै कारण धान रोप्न नपाएको उहाँको गुनासो छ ।
प्लटिङ संगैको जग्गामा आफुले पनि माटोले पुरेर खेती गर्न पाउनु्पर्ने उहाँको माग छ । त्यही विषय लिएर महानगरमा जांदा तिमिल्सिनाले आफुहरुको जग्गा सिमसारमा पर्ने भएकाले माटो पुर्न नमिल्ने भनेर मेयरले पटक पटक फर्काएको वताउनुभयो ।
वर्षायाम सुरु हुन लाग्यो अव हाम्रो जग्गा डुवानमा पर्छ त्यसैले अव हामीले पोखरीमा धान रोप्न सक्दैनौ बरु महानगरविरुद्ध आन्दोलन गर्छौै तिमिल्सिनाले भन्नुभयो ।

तिमिल्सिनामात्रै हैन फेवाफांटमा तिमिल्सिना जस्ता दुई दर्जन स्थानियको जग्गा प्लटिङकै कारण डुवानमा परेको छ । उहाँहरुको गुनासो एउटै छ प्लटिङ गरेको उचाइ बरावर माटोले पुरेर खेती गर्न पाउनुपर्छ ।
स्थानीय निर्मला तिमिल्सिनाले आफ्नो जग्गा प्लटिङकै कारण डुबानमा परेको भन्दै पटक पटक महानगरमा गुनासो गर्न पुगेको भएतापनि महानगरले एउटैमात्र जवाफ दिने गरेको वताउनुभयो ।
प्रत्येक पटक महानगरमा पुग्दा आफुहरुको जग्गालाई सिमसार भएकै कारण माटोले पुर्न नपाउने जवाफ महानगरबाट पाउने गरेको तिमिल्सिनाले वताउनुभयो ।
महानगरले एउटै कित्ताको जग्गामा कोहीलाई काखा र कोहीलाई पाखा गर्ने गरी निर्णय गर्नुृ गलत भएको वताउदै तिमिल्सिना भन्नुहुन्छ संगैको सधियार जग्गामा प्लटिङ गर्न पाउने हामीले प्लटिङकै कारण डुबानमा परेको जग्गा पुरेर खेती गर्छु भन्दा नपाउने कस्तो नियम हो ।
फेवाफाँटकै स्थानिय देविलाल लामिछानेले महानगरले पछिल्लो समय स्टन्ट बाजी गरेको वताउनुभयो । पुस्तौदेखी भोगचलन गर्दैै आएको प्राकृतिक रुपमा भएको जग्गालाई तीनखेतीको रुपमा उपभोग गर्दै आइरहदा प्लटिङकै कारण धानखेती गर्न नपाएको बताउनुहुन्छ ।
पुर्जा एउटै भएपनि महानगरले फरक फरक निती लागु गर्दा आफुहरु फेवाताल पुर्ने मतियारको रुपमा चिनिएको बताउदै आफुहरु फेवा संरक्षणमै लागीरहेको र प्लटिङ र बाकी रहेका जग्गालाइ एकै रुपमा हेर्नुपर्ने बताउदै आफुहरु माथी परेको अनयायको विरुद्ध आन्दोलनमा जाने वताउनुभयो ।
मालपोत कार्यलय कास्कीका प्रमुख रामचन्द्र अधिकारीले सिमसार भन्ने क्षेत्रको पटक पटक विबादमा आएको र सरोकार वालाहरु सवै सिमसार क्षेत्र भनिएको ठांउमा पुग्दा जग्गा प्लटिङ र पुर्न खोजिएको देखेपछि मालपोतमा सोधनी भएपछि महानगरले खण्डीकरण गरेको अभिलेख हेर्दा सिमसार क्षेत्र भनेर खण्डीकरण गरेको नदेखिएको वताउनुभयो ।
विभिन्न १० वटा क्षेत्रमा भु उपयोग ऐन नियमावलीमा महानगरले खण्डीकरण तोक्दा आवास र कृषि देखिएको र कुनैपनि क्षेत्रमा सिमसार नदेखिएको अधिकारीले वताउनुभयो ।
स्थानिय तहको आफ्नो स्वायत्य अधिकार भएतापनि सिमसार भनेर नदेखिएकै कारण उक्त क्षेत्र सिमसार नभएको उहाँको भनाइ रहेको थियो ।

देख्दा ओसिलो सिमसार जस्तो देखिएतापनि कानुनत सिमसार नदेखिएको अधिकारीले वताउनुभयो । स्थानियले निश्चित नियम कानुनको पालना गरेको खण्डमा बिवाद नआउने उहाँको भनाइ रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला