पोखरामा ओलम्पियन पूर्नमिलन तथा अ‍ेलम्पियन सम्मान कार्यक्रम हुने

नगेन न्यूज
  • ख-
  • ख+

अभिनन्दन बजिमय, पोखरा । पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा जेष्ठ १९ देखि २१ गते सम्म ओलम्पियन पूर्नमिलन तथा अ‍ेलम्पियन सम्मान कार्यक्रम हुने भएको हो ।

जेठ २० गते बिहान प्रभातफेरी तथा साझ गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डको मुख्य अतिथ्यतामा पूर्नमिलन तथा सम्मा कार्यक्रम हने छ भने जेठ २१ गते संघको वार्षिक साधारण सभा र ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम समेत हुन भएको छ ।

कार्यक्रममा सन् १८६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको छ ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिताता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो ।

झण्डै ६ दशकको अन्तरालमा ५० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना ) र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्याङ छ ।
त्यसमध्ये १० जना स्वर्गिय भइसकेको छ । केहि ओलम्पियनहरु भने विदेशमा रहेका छन् ।

सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रूपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो ।
सोही संघमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो । खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आवद्ध हुन ओलम्पियनहरुलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ पुर्नमिलनलगायत अन्य कार्यक्रमको आयोजना लागिएको बताईएको छ ।

कार्यक्रमको स्थानिय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गरिसकिएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश, पोखरा महानगरपालिकत, प्रदेश खेलकुद विकास परिषद्, गण्डकीको विशेष सहयोग रेको छ। पोखरामा आयोजना हुने

ओलम्पियन पूर्नमिलन कार्यक्रमलाई केल्मी र नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छन् ।
त्यस्तै प्रायोजकमा जिमी ग्रुप, मोतीदान कन्स्ट्रक्सन, सिद्धार्थ बैंक, नबिल बैंक, रहेका छन् । राइका दुर्स एन्ड
ट्रेक्स, नेपाल लिक्वर्स प्रा।ली।, एनआरएस स्पोर्टस फाउन्डेसन, क्षमादेवी ग्रुप र स्पोर्टस युनिभर्सको
कार्यक्रममा सहयोग रहेको छ ।
हस्पिटालिटी पार्टनरका रुपमां वर पिपल रिसोर्ट, होटल बाराही, व होटल लेकसाइड, होटल बुटिक पोखरा, होटल किग्स पोखरा छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला