कलाकारलाई परिचयपत्रको आधारमा सिंहदरबार र विमानस्थलमा प्रवेश दिन माग

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । परिचयपत्रको आधारमा कलाकारलाई सिंहदरबार र विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा अनुमति दिन चलचित्र कलाकार संघले सरकारसँग माग गरेको छ ।
आइतबार गृह मन्त्रालय पुगेको संघको कार्यसमिति टोलीले उपप्रधान तथा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई चारबुँदे माग पेश गरेको हो ।

महासचिव तथा अभिनेता सविन श्रेष्ठले संघले वितरण गरेको परिचयपत्रको आधारमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार र विमानस्थलको विशिष्ट कक्षमा प्रवेश दिन माग गरिएको जानकारी दिनुभयो ।
कलाकार संघले अहिलेसम्म करिब ९०० जनालाई परिचयपत्र उपलब्ध गराएको छ ।

काठमाडौंको धापासीस्थित चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगका लागि पनि संघले अनुरोध गरेको छ । यसबाहेक भ्रष्टाचार, दण्डहीनता र अनियमिततालगायत विषयमा सरकारले गरेको कारबाहीलाई निरन्तरता दिन पनि संघले आग्रह गरेको छ ।
विशिष्ट चलचित्रकर्मी लगायत प्रबुद्ध नागरिक र जनसाधारणले सिभिल सहकारीमा बचत गरेको अर्बौं रकम अपचलन गरेको र उक्त रकम पीडितलाई फिर्ताका लागि पहल गर्न अनुरोध गरिएको छ ।

उक्त सहकारीमा अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र भुवन चन्दले बचत गरेको रकम फसेको बताइएको छ ।
उहाँहरुले यसका लागि दलका नेताहरुलाई पनि ध्यानाकर्षण गराउँदै आएका छन् ।
गृहमन्त्री श्रेष्ठले कलाकार संघले उठाएका जायज मागलाई सम्बोधन गर्नेतर्फ सकारात्मक जवाफ दिएको संघका महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला