नाफाले छ सय कलाकारका सात सय कलाकौशल प्रदर्शनी गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ ।

प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले नाफा परिसरमा उद्घाटन गर्ने सो प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला÷मूर्तिकला, समसामयिक चित्रकला÷मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यङ्ग्यचित्र, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधाका छ सयभन्दा बढी कलाकारका करिब सात सय कलाकृति रहने छन् ।

उद्घाटनका दिन सोमबार चार स्रष्टालाई सम्मान–पुरस्कार दिइनेछ भने सहभागी तिनै कलाकारमध्ये ३८ जना पुरस्कृत पनि हुँदैछन् ।
नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले ‘अनुसन्धान, सिर्जना र सम्मान’ लक्ष्य बोकेको नाफाले गणतन्त्रलाई महोत्सव बनाउन गणतन्त्र दिवसलाई नै छानेर सोही दिनदेखि जेठ ३० गतेसम्म प्रदर्शनी गर्न लागेको बताउनुभयो ।

थुम्केलीले पन्ध्र दिनका अवधिमा कलाका विविध विषयमा विज्ञ, सम्बन्धित व्यक्ति तथा सरोकारवालासँग प्यानल डिस्कनसमेत हुने जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला