मुवाँथाईको समर क्याम्प पोखरामा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ १३ । पोखरामा ४५ दिने मुवाँथाई खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ सम्पन्न भएको छ ।

आयोजकले एक कार्यक्रमका बिच समर क्याम्पमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजित कार्यक्रममा सहभागिहरुलाई गण्डकी प्रदेका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्फुटन गराउन सक्नु मुख्य कर्तब्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“प्रशिक्षकहरुले जसरी मेहनत गर्नु भएको छ, त्यसलाई मैले नजिकबाट नियालेको छु । अब हामीले नितिगत रुपमा के गर्नु पर्छ त्यसबारे सोच्न हामीलाई घच्घचाएको छ ।”

मुवाँथाई खेलको आफ्नै विशेषता रहेको उल्लेख गर्दै अधिकारीले खेलकुदमार्फत नेपाललाई विश्वमा चिनाउन थप सहयोग पुग्ने बताउनुभयो । मुवाँथाई खेललाई थप परिस्कृत गर्दै विद्यालयस्तरमा र्पुयाउनु पर्ने खाँचो रहेको उहाँले सो अवसरमा औंल्याउनुभयो ।

थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प गरिएको यसका अन्तर्राष्ट्रिय सर्टिफाइड प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाउनुभयो ।
प्रदेश खेलकुदका सदस्य समेत रहेका क्षेत्रीले आफ्नै पहलमा उक्त समर क्याम्प आयोजना गर्दै उहाँले निशुल्क प्रशिक्षण संगै सहभागिहरुलाई निशुल्क खेल पोशाकलगायतका सामाग्रीहरु समेत वितरण गर्नुभएको थियो ।

समर क्याम्पन अन्तर्गत मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत प्रशिक्षण दिएको क्षेत्रीले जानकारी दिए ।

साथै समापनका अबसरमा सहभागिहरुले प्रदर्शनी खेलहरु समेत देखाएका थिए । समर क्याम्प अन्तर्गत सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए । कार्यक्रममा उहाँहरुलाई पूर्व मुख्यमन्त्री अधिकारीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

स्मरणिय के छ भने मुवाँथाई परम्परागत मार्शल आर्ट खेल हो । यो खेलमा बौद्ध र हिन्दु परम्परा संग जोडिएको छ ।
नेपालमा यो खेलको विकास लामो नभए पनि व्यक्तिगत असमझदारी र नेतृत्वमा छिना झपटीका कारण दुई खेल संघमा अल्झिएको छ ।
विश्वमा यो खेलको व्यवसायीक रुपमा व्यापकता पाए पनि दुई खेल संघमा विभाजित यो खेल नेपालमा ‘मुवाँथाई’ र ‘मुआथाई’ भन्ने शब्दमा बल्झिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला