पत्रकार महासंघ कास्कीमा एआई को प्रयोग विषयक कार्यशाला सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ ।

शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो ।

मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट -डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ ? के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ ? फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने रु एआई ले कसरी समाचार पढ्छ ? खोजपत्रकारितामा एआई का टुल्स कसरी प्रयोग गर्ने ? र डाटा सुरक्षा कसरी गर्ने ? विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट् अशिम दाहाल र ईन्जिनियर विशाल पाण्डेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला राखिएको जानकारी गराउनुभयो। छोटो समयको कार्यशाला भएता पनि पत्रकारका लागि लाभ मिल्नेमा उनी विश्वस्त हुनुहुन्छ। ‘हाम्रा लागि यो नयाँ विषय होला । जसका विषयमा जानकारी लिनुपर्ने आजको आवश्यकता हो । सोहि बमोजिम एआईका विषयमा जानकारहरु सँगको सहकार्यमा पत्रकार महासंघ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’, उहाँले भन्नुभयो ।

भण्डारीले अहिलेको युग डाटाको युग भएकाले डाटा सुरक्षामा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । महासंघले यस्ता कार्यक्रमलाई समयसमयमा गर्दै जाने भनाई उहाँको छ ।

एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताउनुभयो । बाहिरी मुलुकमा एआईको प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उहाँले जानकारी गराउनुभयो । नेपालमा यसको सुरुवात भर्खरै भएता पनि कालान्तरमा यसको प्रयोग अझ बढ्दै जाने भनाई उहाँको छ । सरकार समेत एआईका विषयमा जानकार हुनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पूर्व अध्यक्ष बद्री विनोद प्रतिक, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बराल लगायतको उपस्थिति थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला