चलचित्र ‘हल्कारा’को चिठ्ठी लेखन प्रतियोगिताको वितेजा घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा भएका छन् ।

प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका–०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका–०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।

चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो ।

पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताईएको थियो । सोहि अनुरुप नेपालभरबाट पत्रहरु प्राप्त भएका थिए ।

यो प्रतियोगिताका विजेता बैशाख २७ गते घोषणा हुने भनिएतापनि केहि प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला