हाइकिङ मार्फत पर्यटन प्रर्वद्धन गर्दै हाइकर्स क्लब नेपाल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रर्वद्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ ।

हाइकिङमा  सहभागीहरुलाई  होमस्टे अध्यक्ष बबिता गुरुङ, आमा समुह अध्यक्ष झलश्री गुरुङ लगायतका आमा दिदीबहिनीहरुले फूलमालाले स्वागत गरेका थिए ।

सहभागीले आफ्नै खर्चमा हाइकिङमा जोडिदै आन्तरिक पर्यटन प्रर्वद्धनमा लाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमा पहिलो पटक सहभागी पोखरा महानगरपालिका वडा नं २१ का निवर्तमान वडा अध्यक्ष खगराज आचार्यले बताउनुभयो । उहाँले हाइकर्स क्लबले स्वतःस्फुर्त रुपमा आन्तरिक पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण योगदान दिएकोले यस प्रकारका कार्यक्रममा स्थानिय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

विगत ४ वर्ष अगाडिबाट नियमित रुपमा हाइकिङ कार्यक्रम गरिर्दै आएकोमा कोभिड महामारीको कारण केहि समय रोकिएतापनि त्यसपछिका दिनहरुमा नियमित हाइकिङ कार्यक्रम गरिर्दै आएको र त्यसपछिका कार्यक्रमहरुमा सहभागिहरुको संख्या पनि बढ्दै गएको संयोजक पत्रकार कृष्ण रानाभाटको अनुभव छ । रानाभाटका अनुसार क्लबलाई विधिवत दर्ता गरेर आगामि दिनमा व्यवस्थित पार्दै सम्बन्धित निकायको सहकार्यमा हाइकिङ कार्यक्रम संचालन गर्ने बारे धेरै काम अघि वढिसकेको छ ।

उहाँले हाइकर्स क्लबको स्थापनामा गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलको अग्रणि भुमिका रहेको बताउँदै क्लबको स्थापना गर्नुपर्छ भनेर लागि पर्ने संस्थापक प्रविण तुलाचन प्रति विशेष धन्यवाद दिनुभएको थियो ।

क्लबका सदस्य तथा टे«किङ गाईड सुन्दर त्रिपाठीले पहिलो पटक हाइकिङमा सहभागिहरुलाई पदयात्राका क्रममा आउन सक्ने स्वास्थ्य तथा अन्य समस्याका बारेमा बताउर्दै समाधानका उपायका बारेमा बताउनेभएको थियो ।

त्यसै गरी क्लबका उपाध्यक्ष ज्योति हमाल, कानुनी सल्लाहकार अधिवक्ता मनोज घर्तिमगर क्लबले आगामि दिनहरुमा हाइकिङका सथै सामाजिक कार्य पनि गर्नुपर्ने भनाई राखेका थिए ।

क्लबका आइटि संयोजक वेवपेज नेपालका प्रबन्ध निर्देशन पितम सेन ठकुरीले हाइकिङमा सहभागी हुन अनलाईन फर्म अनिवार्य गराउनु पर्ने धारणा राख्नुभएको थियो । यसो गर्न सकिएमा यातायात र खाना खाजाको लागि व्यवस्थित गर्न सजिलो हुने उहाँको भनाइ थियो ।

हाइकिङमा कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, धनश्याम पौडेल, मोहन खत्री, शालिकराम भण्डारी, प्रमिसा सिलवाल, प्रिया क्षेत्री, आरती रानाभाट, राजेन्द्र वस्याल, खाम केसी, हरि शर्मा, हरि रानाभाट लगाएत ३६ जना सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला