चलचित्र आँखा निर्माण सुरु

Subi Gurung
  • ख-
  • ख+

सामाजिक विषयवस्तुमा चलचित्र ‘आँखा’ निर्माणको काठमाडौंमा सोमबार एक समारोहबीच घोषणा गरिएको छ । यो चलचित्रलाई जौन योञ्जनको निर्देशन गर्दै छन् । यो चलचित्र चाँडै नै छायांकनमा जानेछ । यो चलचित्रमा निशा अधिकारी, आरके मेहता, अस्मिता लामिछाने, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीलगायतको मुख्य भूमिका रहने घोषणा समारोहमा जानकारी गराइयो । चलचित्रमा निर्देशक योन्जनकै कथा, पटकथा रहनेछ । यस्तै, यसमा आकोश शुक्लाले छायांकन, दीपक आरजेको संगीत, रेवन्तविक्रम थापा द्वन्द्व निर्देशन रहनेछ । सुवाससिंह ठकुरी यसका प्रोडक्सन डिजाइनर छन् । अर्को वर्ष आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ । ढाका टोपी फिल्मस, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म बन्नेछ । अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आपूmले नयाँ भिजन र क्रियसन भएका सिनेकर्मीसँग काम गर्न पाएको भन्दै आँखा पनि त्यसैको निरन्तरता रहेको बताइन् । कार्यक्रममा बोल्दै निर्देशक योन्जनले घोषणा समारोहमा बोल्दै आँखाले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताए । अर्की अभिनेत्री अस्मिता लामिछानेले ‘१२ सत्ताइस’, ‘म राजेश हमाल’देखि आँखासम्म विश्वास गरेर आपूmलाई स्थान दिएकोमा निर्माण टिमलाई धन्यवाद दिँदै सम्पूर्ण इनर्जी यो फिल्ममा खर्चिने बताइन् । ‘सिक्दै र अनुभव लिँदै अघि बढेको कलाकारलाई स्कृप्ट च्यालेन्जिङ रहेको भन्दै चुनौतीबीच आफ्नो भूमिकालाई प्रमाणित गरेर देखाउने उनको भनाइ छ । अनुभवी कलाकारबाट सिकेर अघि बढ्ने उनले बताइन् । इटालीमा फिल्म अध्ययन गरेर नेपाल फर्केका कलाकार आरके मेहताले आफ्नो अध्ययन कुशलतालाई पर्दामा ल्याउँदा दर्शकलाई भिन्न स्वाद दिने र निराश नबनाउने बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला