जुनियर सिटिजन्सको समर क्याम्प सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत ३० । पोखरा २६ बुढिबजारमा रहेको जुनियर सिटिजन्स एकेडेमी ( JCA )मा सञ्चालन भएको समर क्याम्प सम्पन्न भएको छ ।
JCA समर क्याम्प २०७९ चैत १९ देखि ३० गतेसम्म भएको थियो ।

जुनियर सिटिजन्स एकेडेमीका सिर्जनात्मक कार्यक्रमका सयोंजक सुर्य भट्टराईले विद्यार्थीको सर्वाङ्गगीण विकासका साथै अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्धेश्यका साथ समर क्याम्प सञ्चालन गरेको बताउदैं विद्यार्थीको सहभागिताले उत्साहित बनाएको बताउनुभयो ।
उहाँले अन्य गतिबिधिलाई पनि उत्तिकै प्राथमिकता दिईरहेको बताउदैं विद्यालयले जिवनपयोगी सीपलाई पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

क्याम्पमा लेखनाथका दर्जन बढि विद्यालयका सय भन्दा बढि विद्यार्थीहरुले भाग लिएका थिए ।
५ वर्षदेखि किशोरकिशारीसम्मका विद्यार्थीहरुले भाग लिएको क्याम्पमा नृत्य, संगीत तथा गायन, चित्रकला, खेलकुद जस्ता कार्यक्रमहरु भएका थिए ।
उक्त क्याम्पमा खेलकुदमा मनिष केसी, चित्रकलामा विश्व कला यात्री नगेन सिंह, संगीत तथा गायनमा लक्ष्मी त्रिपाठी, नृत्यमा अन्जना गुरुङ्ग, तथा तेक्वान्डोमा अस्मित गुरुङ्ग र सुनिल ओझाले प्रशिक्षण दिनुभएको थियो ।

चित्रकलाका प्रशिक्षक विश्व कला यात्री नगेन सिंहले विद्यालयले अन्य गतिबिधिलाई पनि उत्तिकै प्राथमिकता दिएर समयसमयमा यस्ता कार्यक्रमहरु आयोजना गरेमा विद्यार्थीहरुको भविष्य उज्वल हुने र विद्यार्थीहरुको मोबाईल मोह पनि घट्ने बताउदैं अविभावकलाई पनि छोराछोरीलाई सहभागी गराउन आग्रह गर्नुभयो ।

ISO 9001 तथा 2015 certified यस विद्यालयमा कक्षा नर्सरी देखि नौ सम्म नयाँ शैषिक सत्र २०८० को लागि सिमित सिटमा नयाँ भर्ना खुलेको जानकारी भट्टराईले दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला