टोखाको संस्कृति, सम्पदा र पर्व क्यानभासमा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । टोखाको संस्कृति, सम्पदा र पर्वहरुलाई सयैं विद्यार्थीहरुले एक साथ क्यानभासमा उतारेका छन् । सेभ एण्ड सस्टेन टोखाद्वारा शुक्रबार टोखाको थनेलाछीमा आयोजित टोखाको संस्कृति र सम्पदा शीर्षकमा अन्तर विद्यालयस्तरी चित्रकला प्रतियोगितामा टोखाको संस्कृति, सम्पदा र पर्वहरुलाई विद्यार्थीहरुले क्यानभासमा उतारेका हुन् ।

टोखा नगरपालिकाको विशेष सहयोगमा आयोजित उक्त प्रतियोगितामा टोखा नगरपालिकामा रहेका विद्यालयका ११० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा टोखा नगरपालिका वडा नं. २का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई चित्रलेखन सामग्री वितरण गर्दै कार्यक्रमको शुरुवाट गर्नुभएको थियो ।

वडाध्यक्ष श्रेष्ठले कला संस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा टोखा कला पुचका सदस्य तथा मुर्तीकार एवं चित्रकार सरोज श्रेष्ठ तथा रवी श्रेष्ठले चित्रकलाको महत्व र त्यसको भविष्यको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
साथै कला पुचः टोखाका शंख नारायण श्रेष्ठ, सरोज श्रेष्ठ, रवी श्रेष्ठ र सुरेम देशारको समुहले प्रतियोगितामा सहभागिहरुले लेखेका चित्रको मुल्याङ्कन गरेका थिए ।

टोखाको संस्कृति र सम्पदाहरुको प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको नतिजा आगामी चैत्र ४ गते प्रदर्शनी कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्नुका साथै विजेताहरुलाई पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला