समता काव्य सन्ध्यामा छन्दमा कविता वाचन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ८ वैशाख । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४८ औं शृङ्खला सम्पन्न भयो ।
काव्य सन्ध्यामा देवघाट बाट आएका छन्द कवि कृष्णशरण उपाध्यायलाई परिवारले सन्ध्या नायकको रुपमा उभ्याएको थियो । कवि उपाध्यायले छन्द भाव र विचार व्यक्त गर्ने लयात्मक माध्यम भएको बताए । यसले कवितालाई बढी हृदयस्पर्शी बनाइदिन्छ । कविले मात्रिक, स्रग्धरा, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, वसन्ततिलका, भुजéप्रयात, वितान, चेतना, स्रग्विणी, अनुष्टुप छन्दमा कविता वाचन गर्दा दर्शक स्रोता मन्त्रमुग्ध भएका थिए । अभिशेक ओझा ‘अभिश्री’ निजगढ,बारा र बिष्णु पादुका बाँके,कोहलपुर देखि कवि कृष्णशरण उपाध्यायलाई सुन्न आएका थिए ।

कार्यक्रमका अतिथि कवि लक्ष्मण थापा र साहित्य श्रृङ्खलाकि अध्यक्ष कवि लक्ष्मी थापाले समतामा कविता वाचन गर्ने कविहरुको छन्द प्रयोग गर्ने शैलीले आँफु प्रभावित भएको बताउनुभयो ।
काव्य सन्ध्याको ३४८ औँ शृङ्खलामा कविहरू सुरज उपाध्याय, निर्मला अर्याल, प्रदिप खनाल, अव्यग्र अस्मित, प्रकाश आचार्य, अभिशेक ओझा, भुमिराज वस्ताकोटी, माधव खतिवडा, रोशन तिमिल्सिना, भरत आचार्य, लिली अधिकारी, विष्णु पादुका, लक्ष्मी थापा, शिव त्रिपाठी आआफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष मोती भुजेलकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिवारकी सदस्य लिली अधिकारीले स्वागत र सञ्चालन सहसचिव शिव त्रिपाठीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला