कास्कीमा सार्वजनिक ठाउँमा धुम्रपान गरे माघ १ देखि जरिवाना लाग्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ संस्थाहरुले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको र अब माघदेखि सार्वजनिक स्थलमा धूम्रपान सेवन गरेमा १ सय रुपैयाँ जरिवाना गर्ने जानकारी दिदै त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराउने बताउनुभयो ।

कास्की जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि आफुहरु तयार रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सभाले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि छुट्टै कानून पास गरेको छ । तर उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
जिल्ला प्रशासनमा भएको छलफलबाट प्रचारप्रसार, समन्वय तथा अनुगमन समिति बनाइएको छ ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुखको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सामुदायिक प्रहरी सेवा कास्की, जिल्ला समन्वय समिति र यसका ७ वटा शाखाका प्रतिनिधि रहेका छन् ।
नागरिक समाज, पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र रिकभरि नेपालका प्रतिनिधिहरु पनि समितिको सदस्य छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला