पुष २९ गते पोखरा सभागृहमा गायिका झालाई सुन्न पाईने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २५ पुष ।
नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा ठूलो योग्दान दिएकी गायिका दीपा नारायण झाका गितहरुलाई पोखरेलीहरुले पून सुन्न पाउनेभएका छन् ।
पोखराका कर्मशील गायिकाहरुलाई एकैठाउँमा उभ्याउने उद्देश्यसहित २०७३ मा स्थापित हार्मेनी पोखराको आयोजनामा यही पौष २९ गते पोखरा सभागृहमा सदावहार गायिका झालाई सुन्न पाउने भएको हो ।

हार्मोनी पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमबारे जानकारी दिएको थियो । पहिलो, दोस्रो र तेस्रो संस्करण सफलता पूर्वक आयोजना गरिसकेको यस संस्थाले चौंथो संस्करण पनि आयोजना गर्न लागेको हो ।

कोरोनाका कारण केही समय स्थगित भएको यस कार्यक्रमले पून निरन्तरता पाउने भएको संस्थाका अध्यक्ष ईतु जोजिजुले बताउदैं कार्यक्रममा दीपा नारायण झाको उपस्थिती रहने र उनलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उनले जानकारी दिनुभएको थियो ।

भारतको पश्चिम बंगालमा सांगितिक परिवारमा जन्मिएकी दीपा गहतराज विश्व चर्चित गायक उदित नारायण झाको धर्मपत्नी हुनुहुन्छ भने सांगितक यात्राको शुरुवाती चरणमा गाएको चलचित्र कुसुमे रुमाल को शीर्ष गीत आज पनि नेपाली गित संगीतको क्षेत्रमा चर्चित छ ।

उहाँले सम्झना, कुसुमे रुमाल, मशाल, लाहुरे, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौला, कर्जा, पर्छयौरी, देउकी आदि जस्ता नेपाली चलचित्रका गितहरुमा आवाज दिनुभएको छ ।
उक्त कार्यक्रममा दीपासहित ईतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ्ग, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ्ग, रजनी ऋदम राई, प्रिया गुरुङ्ग र प्रकृति श्रेष्ठ लगायतले प्रस्तुति दिने भएका छन् ।

त्यस्तै उक्त कार्यक्रममा सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुले समेत प्रस्तुती दिने भएका छन् ।
यस कार्यक्रममा दीपा नारायण झाले गाएका करिब दुई दर्जन गीतहरु यहाँका कलाकारहरुले प्रस्तुत गर्ने भएका छन् ।

त्यस्तै संस्थाकी अध्यक्ष ईतुका अनुसार यस कार्यक्रममा क्यान्सरसँग लडिरहेकी पोखराकी लक्ष्मी शर्मा भट्टराई र भायोलिन तथा पियानो बादब उपासना पाख्रिन लामालाई विशेष प्रोत्साहन सम्मान गर्ने समेत बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला