काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकार ढलाउन चलखेल सुरु भएको छ।
खासगरि संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले यहि षौष २६ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई विफल पार्न प्रयास जारी राखेको छ।
यसैबीच, सत्ता साझेदार दल राप्रपालाई प्रधानमन्त्रीको अफर आएको सो पार्टीले जनाएको छ। नेपाली काँग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको छ।
प्रचण्ड नेतृत्वकै सरकारलाई विश्वासको मत दिएर उपप्रधानमन्त्री सहित ४ मन्त्रालय लिएर सरकारमा जान खोजिरहेको राप्रपाले भने सो अफर आएको स्वीकार्दै परिपक्व निर्णय लिने जनाएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्रीले विश्वासको मत लिने बेला यस्ता प्रस्तावहरू आउनु स्वभाविक रहेको भन्दै सत्ताका लागि अनैतिक खेलमा सहभागी नहुने बताएका छन्।