लेखनाथ पत्रकारिता पुरस्कार सरिता तिमल्सिना पंगेनीलाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सरिता तिमल्सिना पंगेनीलाई प्रदान गरिने भएको छ ।
पुरस्कारका लागि संयोजक कविराज खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरका प्रतिनिधि राममणि अधिकारी,पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव विष्णुहरि पौडेल रहेको छनौट समितिले उनलाई छनौट गरेको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख समेत रहेकी तिमल्सिना पोखरा पोष्ट डटकममा प्रधान सम्पादकका रुपमा रहेकी छन् । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको हो ।

उनले सगरमाथा टेलिभिजन, पोखरा आवाज राष्ट्रिय दैनिक, रेडियो अन्नपूर्ण, रेडियो सफलता लगायतका सञ्चार माध्यममा अनुभव सँगालिसकेकी छन् ।

पत्रकारिता विषयमा स्नातकोत्तर एवम् कानुन विषयमा स्नातक सम्मको अध्ययन गरेकी तिमल्सिना नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, डब्लुडब्लुजे गण्डकी अध्यक्ष, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक उपाध्यक्ष लगायतको जिम्मेवारीमा रहेकी छन् ।

उनी नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित मिना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार (२०७३),एन एस क्लब ललितकला पत्रकारिता पुरस्कार (२०७५),चेलिबेटी शसक्तिकरण सम्मान (२०७८), स्वतन्त्र पत्रकार संघ द्वारा संचालित महिला पत्रकार शसक्तिकरण सम्मान (२०७९) वाट सम्मानित भईसकेकी छन्।

२०७३ सालदेखि निरन्तर ११ हजार १११ रुपैयाँ राशि सहित प्रदान गरिने यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा र भीमपाणि बरालले पाइसकेका छन ।

कविशिरोमणी लेखनाथ पौडेलको जन्म जयन्तीका अवसरमा पुस १५ गते अर्घौअर्चलेमा हुने समारोहमा उनलाई पुरस्कृत गरिने कार्यक्रम रहेको लेखनाथ पत्रकार मंचका अध्यक्ष कविराज खनालले जानकारी दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला