आठौं पेक टेक्निकल एक्स्पो २०२२ शुरू

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।। आठौं पेक टेक्निकल एक्स्पो २०२२ आजदेखि शुरू हुने भएको छ । पोखरा इन्जिनियरिङ कलेजले आठौं पेक एक्स्पो पुष ८ र ९ गते दुई दिने गर्ने भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा इन्जिनियरिङ पढाईका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कलेजका प्रध्यानाध्यापक रोजना जोशिले बताइन् । हरेक दुई दुई वर्षमा हुने एक्स्पोमा प्रर्दशनीमा कलेजभित्रका विद्यार्थीबिच प्रतिस्पर्धा हुन्थ्यो भने यो पटक अन्य कलेजका विद्यार्थी पनि सहभागी हुने भएका छन।

३८ वटा प्रदशनी स्टल हुने एक्सपोमा १७ वटा सिभिल इन्जिनियरिङको, ११वटा कम्पुयुटर इन्जिनियरिङ र १० आर्किटेकको स्टल रहने छन । प्रदशनीमा विद्यार्थीहरुले उत्पादन गरेका करिब ५० वटा प्रोजेक्टहरु राखिने छ।

एक्सपोका आकर्षणको रुपमा चोरी विरोधी प्रणाली, सडक सुरक्षा प्रणाली, मेरो भोट, गृह स्वचालन प्रणाली, रोबोटिक हात, फिंगरप्रिन्ट लक प्रणाली, एग्रोमार्ट वेबसाइट, सांस्कृतिक घरहरू,स्तूप, अन्तर्राष्ट्रिय भवन, ल्यान्डस्केप डिजाइन मोडेलहरू, प्राचीन ऐतिहासिक वास्तुकला, प्रमुख वास्तुकला भवनहरू, पानी आपूर्ति प्रणाली, ई–रोड, मिनी हाइड्रोपावर, मलजल उपचार लगायतका सामाग्री रहनेछन् ।

सिभिल, कम्प्यूटर इन्जिनियरिङ र आर्किटेक्चरका साथै स्नातकोत्तरमा एम.एस्सी.कनस्ट्रक्शन म्यानेजमेन्ट विषयको पढाई भइरहेको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर साथै सिटिइभिटिसँगको सम्बन्धनमा यस कलेजमा डिप्लोमा तहको पढाई हुन्छ ।यस पोखरा इन्जिनियरिङ कलेजमा डिप्लोमा, स्नातक तह र स्नातकोत्तर तहमा गरि करीब ८ सय विद्यार्थी अध्ययनरत छन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला