कवि शिरोमणी लेखनाथ पौडेलका अठार कविता वाचन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पौष ४ ।
यही पुस ७ गतेदेखि शुरु हुने १८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा अठार कविले अठार कविता वाचन गरेका छन ।
कवि शिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर पौडेलद्वारा रचित अठार कविता अठार जना कविहरुले वाचन गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार सरुभक्त श्रेष्ठले कवि शिरोमणि लेखनाथ पौडेल कविहरुका पनि कवि भएको बताउँदै उनको सम्मानकालागि यही छेत्रका व्यक्तित्वहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा कविहरु ऋषिकेश बरालले ‘ऋतुविचार’, तारानाथ पराजुलीले ‘पूर्व स्मृती’, डा। इश्वरमणि अधिकारीले ‘चरीको बिलाप’, जीवन सागर भण्डारीले ‘गौथलीको चिरीबीरी’, अमृता पोख्रेलले ‘काल महिमा’, नवराज अधिकारीले ‘पिजडाको सुगा’, नारायणी अधिकारीले ‘तरुण तपसी’, अम्बिका प्रसाद भट्टराईले ‘हिमाल’, छन्दिका त्रिपाठीले ‘आमाको सम्झना’, सागर केसीले ‘नैतीक दृष्टान्त’ कविता वाचन गरेका थिए ।

यस्तै कविहरु पद्मराज ढकालले ‘बुद्धि बिनोद’, नारायण प्रसादपोख्रेलले ‘मेरो किशोर’, निर्मल सोतीले ‘साहित्यको फुटबल’, डा। जगन्नाथ रेग्मीले ‘कलमसित’, शिव संकल्पले ‘सत्य सन्देश’, बिकेश गिरीले ‘कुन्ज बर्तिनी बिप्रलब्धा’, शिव त्रिपाठीले ‘वसन्त कोकिल’ र माधवशरण उपाध्यायले ‘भानु अस्तायेपछि’ लगायतका कविताहरु वाचन गरेकाथिए ।

उक्त अवसरमा वडा न। २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराई लगायतले बोलेका थिए ।

महोत्सवका संयोजक छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक कार्यक्रम उप समिति सह–संयोजक सन्जिव पौडेलले स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन उप–समितिका सदस्य मदन घिमिरेले र कार्यक्रमको संचालन संयोजक केपी ढुंगानाले गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागि आयोजकले निःशुल्क स्टलको ब्यवस्था गरेको छ भने महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचनाप्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले बताए ।

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालय स्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रिति रिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला