कविताको ५० वर्ष अर्थात् अर्थ शतक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । प्रसिद्ध गीतकार चूडामणि देवकोटाको कवितासङ्ग्रह ‘अर्ध शतक’ कविता लेखनको ५० वर्षमा सार्वजनिक भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कवि देवकोटाको सो कृतिको लोकार्पण गरिएको हो । कार्यक्रम डा. भोजराज घिमिरेको सभापतित्व एवं प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा रहेको थियो ।

समारोहमा प्रा. महेश पौडेलले पुस्तकको गहन समालोचना गरेका थिए भने पुस्तकका सम्पादक महेश प्रसाईंले पनि कवि देवकोटा र पुस्तकमा समावेश भएका कविताहरुको बारेमा आफ्नो विचार राखेका थिए । यसैगरी पुस्तक प्रकाशन गर्ने संस्था शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले प्रकाशकीय मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा अग्रज साहित्यकारहरु डा. विमल कोईराला, यादव खरेल, दधिराज सुवेदी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार विसु कुमार के. सी. लगायत साहित्यिक क्षेत्रका दर्जनौं विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

गीतकार सङ्कघ नेपालका पूर्व अध्यक्ष कवि चूडामणि देवकोटाको जन्म गोरखा जिल्लाको फुजेलमा २०११ साल जेठ १६ गते भएको थियो । वेलायतबाट एम्. पी. ए. अध्ययन पूरा गरेका देवकोटाको यसअघि ‘मनका हरफ’ शीर्षकको गीतसङ्ग्रह प्रकाशन भएको थियो भने ‘धरती र धून’, ‘भूगोल र भावना’, ‘माटो र मुटु’, ‘स्वदेश र सपना’, ‘मेरो देश मेरो गीत’, ‘स्पन्दन’ र ‘सपनीमा’ गीति एल्बम पनि बजारमा आईसकेका छन् । राष्ट्रिय भावका गीत लेख्न औधी मन पराउने कवि एवं गीतकार देवकोटाको ‘अर्ध शतक’ १० औं साहित्यिक कृति हो । यस पुस्तकमा विविध भावका ५० कविता रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला