नेपाली लेखक संघ गण्डकीमा ईश्वरमणि सर्वसम्मत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, कात्तिक २१ ।
नेपाली लेखक संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा डा. ईश्वरमणि अधिकारी निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा निरु केसी र पशुपति घिमिरे, महासचिवमा सञ्जीवबाबु पौडेल, सचिवमा रमेशचन्द्र घिमिरे र कोषाध्यक्षमा दीपक समीप निर्वाचित भए ।

सदस्यहरूमा लक्ष्मण थापा, अमृत क्षेत्री, भाइकृष्ण सुनार, रामपुजन ठाकुर, माया अधिकारी, सीता शर्मा, टीका सापकोटा, भरत पोखरेल र शुकदेवी गौचन छन् ।

निर्वाचित गण्डकी प्रदेश समितिको पहिलो बैठकले सचिवालयसमेत गठन गरेको छ । सचिवालयमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, रमेशचन्द्र घिमिरे, कोषाध्यक्ष र सदस्यद्वय लक्ष्मण थापा र अमृत क्षेत्री रहेका छन् ।


अधिवेशनको उद्घाटन प्रमुख अतिथि एवं नेपाली लेखक संघ केन्द्रीय अध्यक्ष कवि तिर्थ श्रेष्ठले गरेका थिए । कार्यक्रममा विशेष अतिथि केन्द्रीय सचिव गणेश शर्मा,पुर्व केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका पुर्व संयोजक डा. लक्ष्मीशरण अधिकारी , कवि ईशा शाह, रमेशचन्द्र घिमिरे,रेखाकौसल रेग्मी , गणेश पौडेल लगायत विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष डा. अधिकारीले आउँदा दिनमा संस्थाको गरिमा र मर्यादालाई कायम राख्दै गण्डकी प्रदेश समितिलाई सशक्त बनाएर लैजाने प्रण गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला