तारिफ भित्रको संगीतकला —अञ्जना शाक्य, कालिमाटी, काठमाडौं

नगेन न्यूज
  • ख-
  • ख+

हौसलाले कलाकर्मीलाई गणतब्य मार्गसम्म पु¥याउँछ यहि यथार्थ बाक्य हो । उदियमान गायीका अञ्जना शाक्यसंगको छोटो संवाद —प्रतोता पवन जोशी

१.के गर्दै हुनुहुन्छ ?

—विशुद्ध नेपालभाषाको गायन प्रतियोगीता नेवाः आइडलमा प्रतियोगीको रुपमा उभिने अवसर पायो, अडिसन राउण्ड पार गरी ट्रायक राउण्डमा प्रवेश भएकी छु त्यसैको निम्ति रियाजमा ब्यष्ट छु ।

२.गायन प्रतियोगितालाई कतिको विश्वास गर्नु हुन्छ ?

—विश्वासले नै संसार अडेको हुन्छ । वास्तवमा भन्नु पर्दा प्रतिभावान व्यक्ति छनोट गर्ने कर्म निर्णायकको हो । संगीतकला क्षेत्रका दिग्गज निर्णायकहरु हुनुहुन्छ, सही छनोटमा पुर्ण विस्वष्ट छु । हेर्दै जाउँ मेरो क्षमताले कहाँसम्म पु¥याउँछ ।

३.तपाईं गायन कला क्षेत्रमा लाग्नु भयो ?

—कहिं कतै मेरो पनि गुनगुनाउने बानी छ । सबैले मेरो स्वर राम्रो छ भनेर तारीफ गर्नुहुन्छ, त्यही हौसलालाई शिरोपर गरी संगीतकला अंगालेको थिएँ ।

४.संगीप्तकला क्षेत्रमा लागेर के पाउनु भयो ?

—सानै देखिको मनोकांक्षा पुरा हुने अवसर तिर लम्कने मौका पायो । डिग्गज र अग्रज कलाकर्मीहरुको प्रेरणाले गाउने अवसर मिल्यो । अहिले म सुवासित ज्ञानमाला भजनमा आवद्ध छु । दैनिक भजन गाउंछु, वरिष्ठ भजन गायीका रमना श्रेष्ठ दिदी उक्त भजनको संरक्षक हुनुहुन्छ । वहांसंगै २ वटा भजन गीत रेकर्ड गर्ने सुअवसर प्राप्त भयो, मेरो सपना साकार भयो ।

५.तपाईं आधुनिक गीत गाउनु हुन्न ?

—मैले समुह गीत ५ वटा र युगल २ वटा गीत रेकर्ड गरी सकेकी छु ।

६.गायक गायीकाहरु डबलीमा गाउन हुरुक्क किन होला ?

—श्रोताहरुको अगाडी प्रत्यक्ष प्रतिभा प्रस्तुत गर्नु पुर्ण मौका पनि हो, प्राय कलाकारहरु त्यो अवसर गुमाउन चाहँदैन । त्यसैले गायक गायीकाहरु खुसिले स्टेजमा प्रतिभा प्रस्तुत गरिन्छन ।

७.कसको प्रेरणाले तपाईं संगीतकला क्षेत्रमा आवद्ध हुनु भयो ?

—हुनत मेरो परिवारको प्रेरणाले संगीतकला क्षेत्रमा आवद्ध हुन पुगें, संगीत गुरु मथुरा महर्जन, भजन गुरु गायीका रमना श्रेष्ठ र नोटमा जितेन्द्र धर गुरुले सिकाउनु भएको थियो, वहांहरुको संगीत शिक्षाले आज म गायीका हुन सफल भएकी छु ।

८.म्युजिक भिडियो किन निर्माण गरिन्छ ?

—वर्तमान समयको माग हो । आफ्नो प्रतिभा दर्शकसम्म पु¥याउन म्युजिक भिडियो निर्माण ग¥यो ।

९.पैसो खर्च गर्न सके गायक गायीका बन्न सकिन्छ रे हो ?

—गीत प्रतिभाले गाउंछ पैसाले होइन, त्यसैले संगीत ज्ञान हासिल गर्नु पर्छ अनि मात्र गायक गायीका हुन्छ ।

१०.अन्तमा ?

—जसरी गीत गाउंदा मन आनन्द हुन्छ, त्यसरीनै आज कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका मार्फत मनका कुरा पोखाउन पाउंदा धेरै खुसि लागेको छ । साप्ताहिक परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला