कास्कीकोटको खानेपानी समस्यामा ध्यान दिन्छु, सडक छिट्टै पक्की हुन्छ : बराल

नगेन न्यूज
  • ख-
  • ख+

कात्तिक १९, पोखरा ।
नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पूरा नगरेको उल्लेख गर्दै उनले धूलाम्य सडकको आफूले छिट्टै अन्त्य गर्ने स्पष्ट पारे ।

उनले भने, ‘महानगरपालिका भित्रको सडक अझै पनि यस्तो अवस्थामै रहिरहँदा मलाई निकै दुःख लागेको छ । निर्वाचन जिताएर सेवा गर्ने मौका दिनुभएमा छिट्टै यसको अन्त्य गर्नेछु ।’

कास्कीकोटमा पानीको समस्या पनि निकै विकराल रहेको उल्लेख गर्दै उनले महानगरवासीले पाउनुपर्ने न्यूनतम् सुविधा पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पानीकै कारणले धेरै कुरामा समस्या परेको छ । लिफ्टिङ प्रविधिमार्फत कास्कीकोटवासीलाई पानी ल्याउन प्रयास गर्नेछु ।’
उनले भने, ‘२१औं शताब्दीमा पनि कास्कीकोटका कुखुरा र गाइवस्तुले पानी खान पाएका छैनन् । पानीको अभावमा धेरै आमाहरुका ढाडका खाला गएका छन् । यस्तो अवस्थाको छिट्टै अन्त्य गर्नेछु ।’
२०४८ सालदेखि नेताहरुले आश्वासन मात्र दिने गरेको भन्दै उनले जनताले ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्न थालेको बताए । आफूले जिम्मेवारी पाएपछि जनताले यस्तो उखान भन्न नपर्ने उनले स्पष्ट पारे ।
कास्कीकोटमा कृषक, शिक्षा, स्वास्थ्य, बेरोजगारीका साथै युवाका समस्यालाई आफूले विशेष ध्यान दिने उनको प्रतिवद्धता छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला