बरेली पौडेलको कुल मन्दिर शिलान्यास

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा ३३ बर स्थित बरेली पौडेलको कुल मन्दिर शिलान्यास भएको छ ।
कुल मन्दिरको पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेल र गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी पौडेलले पोखरा महानगरपालिका वडा ३३ बरखोप्राबारीमा रामनवमीको पुण्य तिथि र शुभ साइतमा एक कार्यक्रमका बीच संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

पौडेल बन्धुहरुको उपस्थितिमा बरेली पौडेल कुल मन्दिरको शिलान्यास गर्दै केन्द्रीय अध्यक्ष हरिराम पौडेलले बरेली पौडेलका उज्वल नक्षेत्र खड्कराज गनेश पौडेल नेपाल सरकारको नागरिक उड्डयन,पर्यटन तथा संस्कृति मन्त्रीमा नियुक्त भएकामा सम्पूर्ण बरेली पौडेल परिवारका तर्फबाट हार्दिकताका साथ खुसी प्रकट गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका महान्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल र कास्की जिल्ला उपाध्यक्ष गोपाल पौडेलले एकतामा बल हुने कुरामा जोड दिनुभयो ।
बरेली पौडेलको कुल पूजा व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम पूजा व्यवस्थापन समितिका सचिव हरिराम पौडेलले सञ्चालन गर्नुभएको थियो ।

भौतिक संरचना निर्माण समितिले निर्माण सम्पन्न गर्न सहयोग संकलन सुरु गरिएको र कुल १६ लाखको लागतमा कुल मन्दिर तथा २४ लाखको लागतमा धर्मशाला निर्माण सम्पन्न गर्ने गरी अगाडि बढाइएको निर्माण समिति अध्यक्ष राजुप्रसाद पौडेलले वताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला