विन्दुकुमार थापालाई मतदाताको अनुरोध हामीलाई बाटो दिनुभयो अब पानी दिनुस्

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कात्तिक ।
गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलाम बासीको समस्यामा सधैंै साथमा रहने बताएका छन् ।
पोखरा महानगरपालिका २० भलाममा स्थानीयको समस्या बुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताएपछि समाधानका लागि पहल गर्ने बताएका हुन् । स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामी निर्वाचनमा जितेर उक्त समस्या समाधान गरिदिन अग्रह गरेका हुन् ।

स्थानीय हरि खत्रीले आफुहरु खानेपानीका लागि निकै संघर्ष गर्नुपरेको सुनाए । ‘हामीलाई बाटो दिनुभयो भलाममा पनि पिछडिएको क्षेत्रलाई सडक सञ्जालमा जोड्नुभयो अब पानी ल्याइदिनुस्’ उनले भने, ‘काम गर्नेलाई नै भन्ने हो अरुलाई भनेर साध्य हुँदैन तपाईँमाथि हाम्रो विश्वास छ ।’

उक्त कुरा सुनेपछि थापाले आफुले सकेको सहयोग सधैं गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताकै लागि आफु पुनः उम्मेदवार भएको बताउँदै हरेक समस्यासंग जुध्ने बताए । थापाले आफुले नयाँ पाँच योजना लिएर निर्वाचनमा होम्मिएको समेत बताए । सानो क्षेत्रलाई मात्र नभई समग्र राष्ट्र हितका लागि आफुले योजना अघि सारेको उनले सुनाए ।

गण्डकी प्रदेशमा आफुले उर्जालाई विशेष प्राथमिकता दिएको बताए । उनले गण्डकी प्रदेशमा १२ हजार मेगावटसम्म जलविद्युत निकाल्न सकिने भएपनि थोरैमात्रामा जलविद्युत निकालिदैँ आइरहेको सुनाए ।
यस्तै उनलाई मुख्यमन्त्रीको रुपमा हेर्ने चाहाना भएको भलामबासीले बताएका छन् । ‘अबको मुख्यमन्त्री तपाईँ हुनुपर्छ । हामीले सुनेको अरुनै हुन्छन रे त्यसो नहोस् सुभकामना छ ।’८२ वर्षिय वृद्धाले भने ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला