भरतपोखरीमा विश्वप्रकाशको बाचा–सामान्य उपचारको लागि पोखरा झर्न पर्दैन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कात्तिक

पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा महानगरभित्रै रहेर पनि सामान्य उपचारको लागि बजार झर्नुपर्ने भरतपोखरीबासिको बाध्यतालाई दुःखद भएको बताएका छन् ।

निर्वाचन अभियानको क्रममा पोखरा ३३ भरतपोखरीको जिब्रे ढुँगा, सुतार्ने लगायतका ठाउँमा पुगेका लामिछानेले महानगरकै बासिन्दाको स्वास्थ्य उपचार पाउने अधिकारको सम्मान हुनुपर्ने बताए ।

उनले नेपालको संविधानले नै स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको बताउँदै अब भरतपोखरी बासिहरु सामान्य उपचारको लागि पोखरा झर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

यसका लागि देशभक्त, विकासप्रेमी, जनताको माझमा जहिले पनि जानसक्ने गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने उनको भनाई थियो ।

लामिछानेले सरकारले यस क्षेत्रलाई समेटेर पोखरा महानगरपालिका बनाए पनि आधारभुत आवश्यकताको दृष्टिकोणले जनताले महानगपालिकाको अनुभुति गर्न नपाएको बताए ।

पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयले यस क्षेत्रका शैक्षिक संस्थालाई स्रोत साधन सम्पन्न बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
लामिछानेले भौतिक निर्माण तर्फ भरतपोखरी डाँडागाउँको सडकलाई बाहिरी चक्रपथको रुपमा विकास गर्दै स्याङ्जा जाने बस पोखराको पृथ्वीचोक जानैपर्ने बाध्यता हटाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

भरतपोखरी क्षेत्र सुन्तला खेतीको प्रचुर सम्भावना भएको क्षेत्र भन्दै लामिछानेले यो क्षेत्रलाई सुन्तला पर्यटनको रुपमा विकास गर्न आफुले विषेश पहल गर्ने आश्वासन पनि स्थानीय बासिन्दालाई दिए ।

निर्वाचन अभियानकै क्रममा पाँच दलीय गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का साझा उम्मेदवार श्रीनाथ बरालले गरिव जतालाई माथी उठाउन, कृषिको आधुनिकीकरण गर्न, महिला तथा युवाको लािग विशेष योजना अघि बढाउने बाचा गरे ।

बरालले सुकुमबासीको समस्या समाधान गर्नेे, जनताको सेवक भएर काम गर्ने, जनताको मतको कदर गर्ने बताए । निर्वाचन जितेमा आफ्नो पार्टीको मात्र नभइ अन्य पार्टीकालाई पनि सम्मान गर्ने उनको भनाई थियो ।

सार्वजनिक विद्यालय र शिक्षालाई गुणस्तरीय बनाउन पहल गर्ने, ५ वर्षमा यहाँका जनताले सम्झिने गरी काम गर्ने बताए ।

एमालेबाट राम्रो काम हुन नसकेर नयाँ पार्टी खोल्नुपरेको उनको भनाई थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला