हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको : विन्दु कुमार थापा

नगेन न्यूज
  • ख-
  • ख+

कात्तिक १६, पोखरा ।
कास्की जिल्ला क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले विगतको पाँच वर्ष गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन नीति बनाएको र अब पालो विकास र समृद्धिको भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. ९ का मतदातासँग भेटघाट गर्दै उनले प्रदेश सरकारले बनाएको नीतिमा टेकेर विकासका अवधारणाहरुलाई सहज तरिकाले पुरा गर्ने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको उल्लेख गरे ।

‘हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको हो । गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन आवश्यक नीति बनिसकेको छ । जसले अब सरकारलाई अगाडि बढ्न सहजता हुनेछ ।’, उनले भने ।

थापाले अब पनि आफु निर्वाचित भएपछि सरकारबाट प्राप्त गर्ने तलब भत्ता बापतको सेवासुविधा नलिने घोषणा गरेका छन् । ‘मैले २०७४ सालको निर्वाचनमा पनि तलब भत्ता नलिने घोषणा गरेको थिए । जसलाई पाँच वर्षे कार्यकाल भरि नै इमानदारिता पूर्वक कार्यान्वयन गरे । अब पनि म कुनै तलब भत्ता सुविधा आफ्नो र परिवारको लागि खर्च गर्ने छैन । सबै सामाजिक सेवामा नै खर्च हुनेछ ।’, उनले भने ।

सुशासन, पारदर्शिता र भ्रष्टचारमा शुन्य सहनशिलता आफ्नो प्रमुख नारा रहेको अभिव्यक्ति उनको छ । प्रदेशलाई विकासको बाटो तर्फ अग्रसरता दिलाउने गरी आफ्ना योजनाहरु रहेको भनाई उनको छ । शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशिलता, कृषि, पर्यटन लगायतका क्षेत्रलाई आत्मसाथ गर्दै भुगोल सुहाउँदो विकासमा लाग्ने प्रतिबद्धता उनको छ ।

उनले आफु सपना बाड्ने उद्देश्य स्वरुप राजनीतिमा नआएको बताएका छन् । प्रदेशको आर्थिक स्तरलाई उकास्ने योजना स्वरुप आफ्ना कदमहरु अगाडि बढेको भनाई उनको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला