विकास निर्माण गर्ने पाटी एमाले

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २ कात्तिक ।
नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताउनुभएको छ ।
अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पाटीको विकल्प नभएको बताउँदै उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उहाँले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कास्की क्षेत्र नम्बर १ (क) का प्रदेश सभाका एमाले उम्मेदवार खगराज अधिकारीले सुकुम्वासीको समस्या समाधानमा एमाले पाटी कटिवद्ध भएर लाग्ने बताउदैं अहिले सरकार छ कि छैन जस्तो भान भएको भन्दै अब एमालेको एकल बहुमत आए विकासको लर्काे लाग्ने बताउँदै एमाले उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला