
सृजनशिल लोकतान्त्रिक प्रतिष्ठानको रचनावाचन सृजनशिल लोकतान्त्रिक प्रतिष्ठानको नियमित मासिक कार्यक्रम अन्तर्गत रचना वाचन, शुभकामना आदानप्रदान एवं विद्यावारिधि उपाधि प्राप्त गर्ने सँस्थाका आजीवन सदस्य लाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सर्जकहरु डा नवराज न्यौपाने, डा जगन्नाथ रेग्मी, डा भुमिराज बस्ताकोटी, कल्याण पन्त लक्ष्मण थापा, कृष्णप्रसाद त्रिपाठी, बिष्णुप्रसाद शर्मा, सुरज पौडेलले रचना वाचनका साथै शुभकामना आदानप्रदान गरेका थिए भने सँस्थाका पुर्व अध्यक्ष दिपेन्द्र पराजुलीले वाचन गरिएका रचनाहरूको समालोचना गरेका थिए।
कार्यक्रममा बोल्दै भर्खरै मात्र विद्यावारिधी उपाधि प्राप्त गरेका सँस्थाका आजीवन सदस्यद्वय डा पितृराज बास्तोला र डा पीताम्वर पौडेलले सम्मानित गरिएकोमा सँस्थाप्रती कृतज्ञता प्रकट गरे। सँस्थाका अध्यक्ष योगराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम मदनप्रसाद बरालले सँचालन गरेका थिए।