नगेन सिंह प्रवल जनसेवाश्री मानपदवीद्धारा विभूषित भएकै दिन पर्फमेन्स आर्ट प्रदर्शन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
सरिता गुरुङ्ग

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व कला यात्री प्राज्ञ नगेन सिंहलाई प्रवल जनसेवाश्री मानपदवीद्धारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो मानपदवीबाट उहाँ सम्मानित हुनुभएका हुन् ।

नेपाली कला क्षेत्रको श्रीवृद्धिका लागि उहाँले कलाकारिताको माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको उच्च योगदानको कदर गर्दै कलाकार सिंहलाई राष्ट्रपतिले सो मानपदवीबाट सम्मान गर्ने निर्णय गर्नुभएको हो ।

सोही सम्मान दिने घोषणा भएकै दिन सिंहले नेपालको संविधानमा कलाकार अंगको रुपमा लेखिनुपर्ने माग राख्दै सो माग सम्बोधन नभएसम्म कपाल नपाल्ने प्रतिज्ञा गर्दै वर्षौदेखि पाल्दै आएको १८ इन्च १ सेन्टिर मिटर लम्बाइ भएको कपाल काट्ने पर्फमेन्स आर्ट गर्नुभएको छ ।

उहाँले सो पर्फमेन्स आर्ट गर्दै नेपाल ललितकला विकास बोर्डको स्थापनार्थको लागि माग पनि गर्नुभएको छ । यसअघि उहाँ प्रथम अरनिको कला कार्यशाला प्रतियोगिता २०५९, नेपाल पेन्टिङ प्रतियोगिता, नेपाल कमरर्सियल आर्टिस्ट पेन्टिङ प्रतियोगिता सान्तोना पुरस्कार २०५९, स्वर्ण पदक अरनिको युवा पुरस्कार २०७४ (राष्ट्रिय युवा कोष), दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्मिाञ्चल क्षेत्रीय पुरस्कार )२०६९ बाट पुरस्कृति भईसक्नुभएको छ ।
त्यस्तै विश्व कला यात्री प्राज्ञ सिंह यूथ राजदूत फर २०६५ यूपिएफ, साउथ कोरिया, द हन्ट यूथ लिडरसीप २०६६ (चेमोनिकस् एलएनसी, अमेरिका) बाट समेत सम्मानित हुनुभएको छ । कलाकार सिंहको जीवनीमा नै आधारित भएर एम.आर्ट थिएटरको प्रस्तुतीमा नाट्य निर्देशक विरेन्द्र हमालले २०६४ सालमा नगेनको नग्न तृष्णा नाटक समेत मञ्चन भईसकेको छ ।
उहाँले नेपालमा पहिलो पटक २०६४ मा नेपाल आर्ट काउन्सील, काठ्माण्डौंमा मेरो अस्वीकृत कला शिर्षकको एकल कला प्रदर्शनीमा र पोखरा आर्ट ग्यालरीमा २०७४ मा भएको सात प्रदेश कला प्रदर्शनीमा टिकट सिस्टमको सुरुवात गर्नुभएको थियो ।
उहाँले हालसम्म ११ वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौं सामुहिक राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । हाल सिंहले पोखरामा नगेन आर्ट एकेडेमी संचालन गर्दै आईरहनुभएको छ ।
यस्तै सरकारले संविधान दिवसको अवसरमा पारेर प्रतेक वर्ष देशभरीबाट विभिन्न विधा र क्षेत्रमा अतुल्नीय योगदान पु¥याउने व्यत्तित्वहरुलाई मानवदवी, अलङ्ककार र पदकद्धारासम्मान गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला