
कोहलपुर,बाँके / हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्वन्धित दिवसको अवसरमा सम्मान तथा एकल रचना बाचन कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एकल रचना बाचन गरेका गजलकार कमल संघर्ष ले करिब एक दर्जन भन्दा बढी गजलहरू बाचन गरेका थिए।
कर्मयोद्धा बद्री बिक्रम पुर्णिमा बाङ्मय पुरस्कार रू२०००५ बाट सम्मानित हुनुहुने सुर्खेतका बरिष्ठ कलाकार प्रेम देव गिरी त्यसैगरी कर्मयोद्धा बद्री बिक्रम पूर्णिमा प्रतिभा पुरस्कार रू२०००५बाट बर्दियाका थारु भाषा का अध्यन्ता आख्यानकार सेखर दहित सम्मानित हुनुभएको छ। किरण थापा कोषाध्यक्ष रहेको कर्मयोद्धा बद्री बिक्रम सेवा समाज गुठिका बारेमा प्रकाश पार्नु भएको थियो ।
पुर्व सदस्य सचिव नेपाल प्रज्ञा प्रतिष्ठानका सनत रेग्मीले कोहलपुर मा रहेको हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कला साहित्य र नाट्य क्षेत्रमा अझै महत्वपूर्ण भूमिका निर्वाह गरेको मा आफूलाई गर्व महसुस भएको बताउनु भयो।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जान न्यौपाने को अध्यक्षतामा स्वागत मन्तव्य उपाध्यक्ष सुमित्रा न्यौपानेले संस्थाको तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नुभयो । करिब यसक्षेत्रका साहित्यिक संस्था, साहित्यकार, पत्रकार, कलाकार, राजनितिज्ञ, बुद्धिजीवी, सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संस्थाका सचिव बद्री ढकालले गर्नु भएको थियो।