नेपाल चलचित्र संघको आन्दोलन कार्यक्रम अन्तर्गत सोमबार देशैभरिका सिनेमा हल बन्द

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
नेपाल चलचित्र संघले आन्दोलन कार्यक्रम अन्तर्गत सोमबार देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
विज्ञप्ति मार्फत सोमबार सांकेतिक विरोध स्वरुप हल बन्द गर्ने घोषणा गरेको हो ।
आफूहरुमाथि चौतर्फी आक्रमण भइरहेको र व्यवसाय नै संकटमा परेको भन्दै संघले यस्तो निर्णय गरेको हो ।
संघका महासचिव नरेन्द्र महर्जनले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
विज्ञप्तिमा ‘विगत केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भइ केही फिल्म क्षेत्रका समूहहरुबाट हाम्रा सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार भइरहेको छ । कोरोनाबाट आक्रान्त फिल्म क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो फिल्म क्षेत्रलाई नै धराशायी बनाउने उद्देश्यले फिल्म आयातमा बाधा उत्पन्न गराउने, हाम्रो स्वतन्त्र व्यवसाय प्रति नियन्त्रण गर्न खोज्ने, फिल्म जाँचपास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरु भइरहेका छन्, उल्लेख गरेको छ ।
हिन्दी फिल्म ब्रह्मास्त्र सेन्सर पास नभएकाले सिंगल र मल्टिप्लेक्स हलहरूले शुक्रबार रिलिज हुने ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी चलचित्रका लागि शो उपलब्ध गराएका छैनन् । सिनेमा हलहरूले बिहीबार दिउँसोसम्म पनि शो उपलब्ध नगराएपछि निर्माता संघ र निर्देशक समाजले विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।
चलचित्र जाँचपास गर्दा अनावश्यक दुःख दिने कार्यहरु भएकाले गर्दा संघका सदस्यहरुले आगामी दिनमा प्रदर्शनमा आउने कुनै पनि शोको अग्रिम बुकिङ नलिएको कुरा विज्ञप्तिमा उल्लेख छ । सदस्यहरुमाथि सोही प्रकारको अनर्गल आरोप, बाधा अवरोधहरु कायम रहे अझ कडा आन्दोलनमा जाने कार्यसमिति बैठकको निर्णय छ ।
संघको कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला