सरोज गोपाल स्मृति सांगीतिक साँझ असोज १ गते पोखरामा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
सरोज गोपालको स्मृतिमा पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति सांगीतिक साँझ हुने भएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर साङ्गीतिक साँझ गर्न लागिएको हो ।
गोपाल विभिन्न कालजयी गीतहरूका सङ्कलक पनि हुनुहुन्थ्यो ।
आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर बिजयपुर खोला तरेर, नक्कलीलाई भगाई लग्यो झिल्केले, मायालुको मोहनी बोली जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीत गाउनु भएको थियो । गोपालले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएको थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
परिवारका अध्यक्ष मोती भुजेलले बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागिएको जानकारी दिनुभयो ।
भुजेलले  सङ्गीतकार सुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा गायक गायिका कर्ण दास, तारा थापा, बाबा राणा, रामभक्त जोजीजु, विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायत स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला