तीजको अवसरमा लामाचौरमा राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिता हुने

सुबी गुरुङ
  • ख-
  • ख+

तीजको अवसरमा नव आदर्श सामुदायिक विकास समाज लामाचौर, पोखराको आयोजनामा राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

समाजको आयोजनामा हुने २४ औं संस्करणको लामाचौर तीज महोत्सव(२०७९ अन्तर्गत भदौ ११ देखि १४ गतेसम्म ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुन लागेको हो । प्रतियोगिता महोत्सव स्थल पोखरा लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा सञ्चालन हुनेछ ।

महिलातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने छन् । पुरुष तर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्रदान गरिनेछ । सो मेलामा भलिबलसहित तीज गीत प्रतियोगिता, अन्तर मावि लोक नृत्य, लगायत विविध कार्यक्रम हुने महोत्सव उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए । भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्नेछन् भने समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला