आज कृष्ण जन्माष्टमी देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दै

सुबी गुरुङ
  • ख-
  • ख+

आज कृष्ण जन्माष्टमी देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्।

पाटनमा रहेको कृष्ण मन्दिरमा आज बिहानदेखि भक्तजनहरुको भिड लागेको छ। बालबालिकालाई कृष्ण र राधाको भेषमा सजाएर कृष्ण मन्दिर वरिपरि ल्याउनेको संख्या पनि बढ्दो छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसेर रातभर जाग्राम बस्छन्। सरकारले आज कृष्णजन्माष्टमीको उपलक्ष्यमा देशभर सार्वजनिक विदा दिएको छ।

कोभिड महामारीका कारण पछिल्लो पटक विधिमै सीमित भएको राधाकृष्ण रथयात्रा यसपटक निकालिने भएको छ। भोलि निकालिने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको रथयात्राको तयारी तीव्र बनाइएको हो।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला