महानन्दको उपन्यास बुह्रानको बिमोचन कोहलपुरमा सम्पन्न

सुबी गुरुङ
  • ख-
  • ख+

“स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ शनिबार कोहलपुरका साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । उपन्यास बुह्रानको बिमोचन कथाकार तथा प्राज्ञ सनत रेग्मीले गरेका हुन ।

कृति बिमोचन समारोहमै तुलसिराम स्मृति पुरस्कार यस बर्ष सहित्यकार डा। इन्द्र भण्डारिलाइ प्रदान गरिएको छ । साहित्यकार महानन्द ढकालले आफनो छैठौं साहित्यिक कृतिका रुपमा बुह्रान उपन्यासलाई बजारमा ल्याएका हुन। थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने बुह्रान उपन्यासको आवरण देवेन्द्र थुम्केलीले बनाएका हुन् । बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । तीन दशक लामो समयदेखि साहित्य साधानामा क्रियाशील ढकालले पछिल्लो पटक तराई क्षेत्र विशेषगरी बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पछाडि पारिएका गरिव थारू तथा पहाडी समुदायको अन्तर सम्बन्धलाई विषयवस्तु बनाइएको बुह्रान यस अघि नै बजारमा गईसकेको भएपनि आधिकारीक रुपमा आज बिमोचन गरिएको हो ।

बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलहरि प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्तरजातिय विवाह महत्तवपुर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको छ । समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलहरि, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा बिमोचन समारोहमा चर्चाका बिषय बस्तु रहे ।

विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपुर्ण आकलन गर्न सकिन्छ । सिमाना मुक्तक सङ्ग्रह २०७७ यस पहिला नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो । हाम्रो पुर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको सभापतित्वमा सम्पन्न विमोचन तथा सात हजार सात सय राशिको तुल्सिराम पुरस्कार वितरण समारोहमा दांग, सुर्खेत, बर्दियाका ३०० बढि सायित्यिक स्रष्टा उपस्थित कार्यक्रमको सञ्चालन प्राध्यापक एबं साहित्यकार पुष्कर रिजालले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला