काहुँकोटमा पर्यटन सम्बन्धि वृहत अन्तरक्रिया हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ४ साउन ।

स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाहरुबारे जानकारी दिने, स्थानीय समस्याको पहिचान गर्ने, संचारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले गर्नुपर्ने कामका बारे छलफल गरिने संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रमको निष्कर्षलाई लिपिवद्ध गरी संघले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई समेत प्रतिवेदन बुझाउने छ । साथै त्यो प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा जोड दिइने संघका उपमहासचिव कल्याण पन्तले जनाउनुभयो ।
कार्यक्रममा संघका २९ जिल्लाका ७५ जना संचारकर्मी सहित पर्यटन विज्ञ, स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र आमा समूहका प्रतिनिधि, होमस्टे संचालकहरु गरी डेढसयको सहभागिता रहने संघका कास्की अध्यक्ष असफल गौतमले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला