राप्रपाबाट पोखरामा मेयर शङ्कर खराल र उपमेयर रञ्जना सेन पौडेल

नगेन न्यूज
  • ख-
  • ख+

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुङ्गो लगाएको छ ।

पोखराको मेयरको उम्मेदवार शङ्कर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खराल विश्व हिन्दु महासङ्घका उपाध्यक्ष र गण्डकी प्रदेशका अध्यक्ष हुन् । खराल गएको फागुन ७ गते मात्रै राप्रपा प्रवेश गरेका थिए ।

२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकामा राप्रपाबाट मेयरमा गीता गुरुङ उम्मेदवार थिइन् । उनले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् ।

यस्तै, राप्रपाले काठमाडौँ र ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार टुङ्गो लगाएको छ ।

काठमाडौँ महानगर प्रमुखको उम्मेदवारमा वरिष्ठ कलाकर्मी मदनदास श्रेष्ठलाई र ललितपुर महानगरपालिका प्रमुखमा अष्ट महर्जनलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला