चार मुक्तक – संकर भट्टराई

संकर भट्टराई
  • ख-
  • ख+

मुक्तक

१,

मनको भारी बिसाउने चौपारी भेटियनी हुन्थ्यो ।

तिर्खा लग्यो मेरो मनलाइ पानीले मेटियनी हुन्थ्यो ।

कति मन पगाली अझै आँसु झराल्छस ए दैब

पिडामा मन रुँदा सारङ्गी रेटिएनी हुन्थ्यो।।

 

२,

साचोँ बोल्छु भन्दै कुरा ढाँट्ने पनि हुँदारहिछ्न।

अघि तारिफ गर्दै पछि कुरा काट्ने पनि हुँदारहिछ्न।।

खबर सुने खबर अरुसङ्गै, प्रेम गर्न लाकी छरे

झुटा बिश्वाश दिलाइ अन्तै मुटु,साट्ने पनि हुँदारहिछ्न।।

 

३,

तिमिले देख्दा मैले आँखा जुधाएको याद आउँछ।

ख्याल ख्यालमै पानी छ्यापी रुजाएको याद आँछ।

कहिले काहीँ कुरा गर्द अबुझ जस्तै बन्थे म त

आँखा झिम्काइ तिमिले कुरा बुझाएको याद आउँछआउँछ।।

 

४,

आज भाेलि तीम्रै याद आउने भया छ।

जतिखेरै तीम्रै झल्काले सताउने भया छ।

कहाँ देखौँ र कहाँ भेटौँ लाग्ने गर्छ आजभाेलि

तिम्रै तस्बिर मनमुटुमा अटाउने भया छ।

 

संकर भट्टराई

ठेगाना – भीर्कोट – ९, काभ्रे

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला