१,
दैनिक दु:खको सागरमा वहन नसकेर!
मनको पीडा कसैलाई कहन नसकेर!
एउटी वृद्ध आमाले आत्महत्या गरीन-
छोरा बुहारीको टोकसो सहन नसकेर!
२,
नगरी दया नराखी चेत कर लगाऊ सरकार,
बरु बेचौंला घर खेत कर लगाऊ सरकार,
अझै नी जनताको रगत चुस्न चाहान्छौ भने-
पार्थिव शरिरमा समेत कर लगाऊ सरकार।
३,
घुटु-घुटु थुक निल्दै भगवान हरि सम्झिन्छु।
यो धर्तीका नायिका स्वर्गका परि सम्झिन्छु।
बैंशालु युवतीको गुलाबी गुलाबी ओंठ देख्दा-
कसम मिष्ठान्न भण्डारको रसवरी सम्झिन्छु।
४,
चरम गरिबीको रेखामुनी बाँचिरहेका छौँ !
आँशुको मुल आँखामै थुनि बाँचिरहेका छौँ !
मान्छेले ग्रहमा बास बसाइ सकेको शताब्दीमा,
हामी भने ढुङ्गे यूगको जूनी बाँचिरहेका छौँ
सुशील अर्याल
वालिगं – १४, स्याङजा
हाल:~ दक्षिण कोरिया