कर असुल्ने तयारीमा पोखरा महानगरपालिका

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा क्षेत्रमा हाल मापदण्डविपरीत निर्माण भएका घर तथा भवनलाई एक पटकका लागि मान्यता दिँदै त्यस क्षेत्रबाट ठूलो मात्रामा कर संकलन गर्ने बताएका छन् ।

पोखरा महानगरको ११औं नगरसभा सम्पन्न भएको सन्दर्भमा सोमबार पोखरामा आयोेजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर आचायर्ले मापदण्डविपरीत निर्माण भएका घर तथा भवनबाट कर संकलन हुन नसकेकाले एक पटकका लागि मान्यता दिँदै अबदेखि करको दायरामा ल्याउने गरी गृहकार्य गरेको बताएका हुन् । उनले भने, “पोखरामा हालसम्म सामान्यतया तीन तलेसम्मको घर तथा भवन निर्माणको मान्यता दिइएको छ, तर पोखरामा हाल ४र५ तले घर तथा भवन हाइराइज विल्डिङ बनिराखेका छन्, ती भवन भत्काउन नसक्ने भएपछि अब राजस्व अशुल्नुको विकल्प छैन ।” पोखराका अधिकांश घर पछिल्लो समयमा घर तथा भवन सम्पन्नताको प्रमाणपत्र नलिएकाले उनीहरूलाई एउटा कानुनी दायरामा ल्याउने गरी एक समिति गठन गरी त्यसलाई प्रभावकारी ढंगबाट कर संकलन गरिने भएको मेयर आचार्यले जनाए । पोखराको लेकसाइडमा १३र१४ तलेसम्मका घर तथा होटल निर्माण भएका छन् ।

मेयर आचार्यले एक महिनाभित्रमा पोखरामा रहेको सार्वजनिक जग्गा सार्वजनिक गर्ने दाबी पनि गरे । पोखराको ट्राफिक व्यवस्थापनमा बहुतले पार्किङ निर्माण गर्ने, आगामी वर्षमा लेकसाइड सौन्दर्यकरण, अटोभिलेज, एयरपोर्ट लेकसाइड द्रुतमार्ग, पोखरा चक्रपथ, स्मार्ट शौचालय, बाल गृह निर्माण गर्ने उनले जनाए ।

पोखरामा जुन प्रयोजनका लागि भनि निर्माण भएका अण्डरग्राउण्ड भवनमा समेत सोही अनुरुप कार्यान्वयन गर्ने मेयर आचार्यले जनाए । पोखरामा इन्फरमेसन सेन्टरको रूपमा हाल ट्राफिक कार्यालय गोल घर रहेको स्थानमा हुने उनले जनाए । पोखरामा गण्डकी प्रदेश र संघीय सरकारको सहकार्य तथा समन्वयमा अस्फाल सडक पिच गर्ने र सडक सफाइका लागि ब्रुमरसमेत खरिद गर्ने भएको मेयर आचार्यले जनाए । मेयर आचार्यले अबको पहिलो काम पोखराको फोहोर व्यवस्थापन गर्ने र ल्याण्डफिल्ड साइड व्यबस्थापन गर्ने उनको दाबी छ । करिब २३ अर्बको लागतमा निर्माण भएको पोखरा विमानस्थल ल्याण्डफिल्ड साइड निर्माण नभई सञ्चालन हुन नसक्ने भएको हँुदा महानगरको ध्यान त्यसतर्फ केन्द्रित हुने उनले बताए । मेयर आचायर्ले यसअघि विभिन्न शीर्षकमा मेयरसँग जोडिएका धेरै कायक्रम हटाई मेयर उद्यमशीलता शीर्षकमा पाँच करोड विनियोजन भएको बताए । पोखराको मेयरमा निर्वाचित भई आएलगत्तै हालसम्म पोखराका सडक क्षेत्रका करिब ८० प्रतिशत खाल्डा खुल्डी पुरेको उनले दाबी गरे । पुसभित्रमा पोखरामा खाल्डा खुल्डीरहित बनाउने मेयर आचार्यको योजना छ । निवर्तमान मेयर मानबहादुर जिसीले अन्तिम समयमा हतार हतारमा पोखराका केही महत्वपूर्ण सार्वजनिक जग्गासहित पोखरा पर्यटन बसपार्क भाडामा दिएको विषयमा हाल अध्ययन भइरहेको मेयर आचार्यले बताए । विधि र प्रकृयाविपरीत भएका कुनै पनि निर्णय खारेज हुनसक्ने उनको भनाइ छ ।
पोखरामा करिब एक लाख ५० हजार जसो घर तथा भवन निर्माण भएका छन् । जसमध्ये ५० प्रतिशतभन्दा बढी अवैध रूपमा निर्माण भएका वा नक्सा पास नगरेका तथा मापदण्डविपरीतका अग्ला घर तथा भवन बनेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । पोखरामा २०६८ सालको जनगणनाअनुसार घर परिवार संख्या एक लाख पाँच हजार ८ सय ४४ रहेको छ ।

पोखरा महानगरको आउँदो आर्थिक वर्ष २०७९र०८० मा आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट रहेको छ । उक्त बजेटमध्ये पूर्वाधार विकास कार्यक्रममा चार अर्ब ५३ करोड ९२ लाख, महानगरको साधारण तथा महाशाखातर्फ ४७।७ अर्थात् तीन अर्ब ५१ करोड ५३ लाख ५५ हजार विनियोजन भएको महानगरले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला