पद्मसुन्दर जोशीको अनुसन्धानात्मक पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक

सुबी गुरुङ
  • ख-
  • ख+

लेखक पद्मसुन्दर जोशीको अनुसन्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले पुस्तक विमोचन गरे ।

हिति प्रणाली काठमाडौँको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो। यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल ९झण्डै १७०० वर्ष पहिले० अङ्कित गरिएको पाइन्छ। लेखक जोशीले पुस्तकमा हिति प्रणालीबारे प्रष्टसँग बुझाएका छन्।

कार्यक्रममा जोशीले हिति जोगाउन आवश्यक रहेको बताएका छन्। काठमाडौँमा पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिति अर्थात् ढुंगेधाराहरु आज लगभग नष्ट हुने अवस्थामा पुगेको छ।

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुन्। उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरुको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन्।

‘सडक निर्माण, सहरमा बनिएका ठूला भवन लगायतले हिति सुक्दै गएको छ यसलाई हामीले संरक्षण गर्न जरुरी छ।’

उनी भन्छन्, ‘हिति संरक्षण काठमाडौँको ढल व्यवस्थापनसँग पनि जोडिन्छ। हिति प्रणाली हामीबाट अरुले सिक्न जरुरी छ। अव्यवस्थित जानीलाई कसरी व्यवस्था गर्ने भन्ने कुरा बुझ्न हिति प्रणालिलाई हेरे पुग्छ।’

हिति प्रणाली भावी पिढि र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि अकल्पनीय उदाहरण रहेको जोशीले बताए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला