अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको भाउ

सुबी गुरुङ
  • ख-
  • ख+

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ । बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको छ ।

कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । हालै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ । तेल उत्पादक संघ ओपेकको हस्तक्षेप नहुनु र लगानीमा आकर्षण घट्नुले मूल्यमा कमी आउने सो ग्रुपको चेतावनीले यतिबेला विश्व तेल बजारमा तरंग पैदा गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेसँगै यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य अकस्मात बढेको थियो । पछिल्लो समय चीन, भारत लगायत मुलुकले रुसबाट सस्तो दरमा तेलको माग बढाएका छन् ।

कच्चा तेलको मूल्यले अप्रत्यक्ष रुपमा नेपालीको भान्सासम्म प्रभाव पार्दछ । नेपाल आयल निगम ९एनओसी०ले भारतीय आयल कर्पोरेसन ९आईओसी०बाट तेल खरिद गर्दै आएको छ । आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ । त्यही मूल्यसूचीका आधारमा एनओसीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गराउँछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च समेत बढ्न गई दैनिक उपभोग्य वस्तुको भाउ समेत बढ्न जान्छ । पेट्रोलियम पदार्थको मूल्यकै कारण हाल नेपालसहित कतिपय मुलुकमा मूल्यवृद्धि चुलिएको छ । सिटी ग्रुपको प्रक्षेपण रिपोर्टअनुसार कच्चा तेलको मूल्य घटेमा समग्र देशको मूल्यवृद्धि नियन्त्रणमै दवाब पुग्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला