म उसैको चित्रमा कविता लेख्दैछु
कहिले पहिलो रङ्गमा उनी सूर्यझै लाग्छिन
कहिले सेतो रङमा उनी हिमालझै उभिन्छिन्
कहिले रातो रङ्मा क्रान्तिको बिगुल फुक्छिन्
कहिले निलो रङमा शान्त रहन्छिन्
जस्तै रङ दलेपनि उनी सुन्दर देखिन्छिन्
त्यसैले
नशा नशामा बग्ने जीवनले मदद्तले
मुटुको धड्कन कोर्दैछु म
हो उनी चित्र कोर्दैछु म
उनको हसिलो मुहारमा
पीडाको भाव नदेखियोस्झै लाग्छ
उनको गुलावी ओठमा
मुस्कान बाँचिरहोस्झै सोच्छु
म उनकै दुनियामा भुल्न मन पराउछु
उनी आफ्नै दुनियामा भुल्दै गर्दा
फूलको थुँङ्गा उसैको लागि बुन्छु,
हुनत,
मेरो साम्राज्य तर सत्ता उसैको पाउॅछु ।
म मेरो आँखामा उसका आँखा जुधाएर
यसरी बोल्दैछु
हो म उनीकै चित्र कोर्दैछु
हरेक पल मेरो खुल्ला आँखा अनि परेली
उनी तिर इसारा गर्छन्
हरेक पल यो मेरो मन अनि
मुटुको धड्कन उनकैलागि बढ्छन्
यस्तो लाग्छ मेरो अनुहारलाई छोएर जाने
हरेक हावाको झोक्का उस्कै सन्देश बोकी आएझैॅ लाग्छहो
मेरो सारा खुसी, दुख पीडा हाँसो
उनीकै लागि गोड्दै छु म
हो म उनीकै चित्र कोर्दैछु ।