प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी

सुबी गुरुङ
  • ख-
  • ख+

प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी गरिएको छ ।

प्रतिष्ठानको भानुभक्त कक्षमा यतिबेला २०३० सालदेखि हालसम्म प्रकाशित गरिएका पुस्तकहरु अवलोकन गर्न सकिन्छ । २०३० साल देखि २०७९ असार सम्म प्रकाशन भएका ‘धिमाल लोक जीवन अध्ययन’, ‘कार्वोनिक रसायन शास्त्र’, नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दशौं संस्करण र सातै प्रदेशका महत्वपूर्ण विषय वस्तु समेटने ‘तस्विरमा नेपाल’ समेत प्रदर्शनी समावेश गरिएको छ । प्रदर्शनीमा पाठकले नव रसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर खरिद गर्न सक्छन् ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान,अनुवादका र दर्शन सम्बन्धित धेरै विषयका पठनीय झण्डै ५ सय वटा पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीमा समावेश गरिएका छन् । प्रदर्शनीमा ‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता पुस्तक तीन रुपैयाँमा खरिद गर्न सकिन्छ । ‘तस्विरमा नेपाल’ पुस्तकको सबैभन्दा बढी मूल्य भने २ हजार ७० रुपैयाँ राखिएको छ । ‘प्रज्ञा नेपाली बाल निबन्ध’ जस्ता ७० भन्दा बढि नयाँ पुस्तकहरु प्रदर्शनीमा छन् । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रदर्शनी व्यवस्थापक सुधिर ढुंगेलले बताए । उनका अनुसार प्रदर्शनीमा बढी साहित्य र अनुसन्धानात्मक कृतिहरू बिक्री हुन्छन् । दैनिक सय भन्दा बढि पाठकहरू पुस्तक प्रदशर्नी अवलोकन गर्न आउने बताउँदै उनले दैनिक २५ हजार रुपैयाँको पुस्तक बिक्रि हुने सुनाए ।

प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हाल साझा तथा निजि प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरु पुर्‍याई पठनीय संस्कृतिको विकास र पुस्तक बिक्रि प्रवद्र्धन गर्न आफैं लागिपरेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । ‘लेखक पाठकको जम्काभेटका लागि लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक भेट हुने थलो भनेको पुस्तक प्रदर्शनी स्थल हो’, उनले भने, ‘प्रदर्शनीले पुस्तक प्रेमीहरूको उल्लेख्य सहभागिता हुने विश्वास राखेका छौं ।’

प्रतिष्ठानले ‘नेपालमा बुद्ध धर्म’ लगायतका पुस्तकहरू पुनस् प्रकाशित गरेको प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले बताए । उनका अनुसार अझै केही पुराना पुस्तकहरू पुनस् प्रकाशन गर्ने क्रममा छ ।

प्रतिष्ठानले २०१५ सालदेखि कालीदासको ‘रघुवंश महाकाव्य’, सोमनाथ सिग्देलको ‘सिद्धान्त कौमुदी’, ‘लोकवार्ता विवेचना’, ‘वोटे भाषाको व्याकरण’, ‘विश्वप्रख्यात नारीका कथाहरु’ र ‘प्रज्ञा नेपाली समालोचना’, ‘प्रज्ञा मैथिली नेपाली शब्दकोष’, ‘चीनका प्राचिन कथा’, ‘अमरकोश’ लगायतका थुप्रै पुस्तकहरु प्रकाशन गरिसकेको छ । प्रदर्शनी असार ३० गतेसम्म जारी रहनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला